मुटुलाई स्वस्थ राख्न कालो चिया

0
Shares

black tea

एजेन्सी – अहिले पनि कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रुपमा लिने गर्दछन् । कतिपयले यो तौल घटाउने माध्यमको रुपमा लिने गर्दछन् । तर कालो चिया न दोस्रो दर्जाको चिया हो न त तौल घटाउने माध्यम मात्रै हो यो त मुटुलाई स्वास्थ्य राख्ने लाभदायी औषधि समेत हो ।

यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाको स्कूल अफ मेडिसियनमा गरिएको सो अध्ययनमा कालोचियामा पाइने एक विशेष तत्वको उपयोगिताको बारेमा बयान गरिएको छ ।

कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै यी तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ ।

कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र यसले भिटामीन सी को प्रभावकारीतामा बृद्धि ल्याउँछ । यति मात्रै नभई फ्लेवनायडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ ।

नेतेली वार्ड, केविन क्राफ्ट र उनको समूहले मुसामा गरेको एक अनुसन्धानको आधारमा क्वार्सटीन मुटुको रक्तनलिको अक्सिडेन्टबाट हुने नेक्सानबाट बचाउन सक्षम हुने बताईएको छ ।

बिशेषज्ञका अनुसार फ्लेवनायड् उच्च रक्तचाप कम गर्न तथा एथेरोस्क्लीरोसिस (धमनीको कडापन) को समस्या कम गर्न समेत प्रभावकारी मानिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *