नेपाली काँग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । पार्टीको १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानबाट उनी पार्टी सभापतिमा निर्वाचिन भएका हुन् ।
पूर्व स्वास्थ्य मन्त्री थापाले प्रतिस्पर्धी श्याम कृष्ण खड्गीलाई भारी मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् ।
मतदान सकिए लगत्तै हिजो रातीबाट नै काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भएको थियो ।
महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् ।
त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो ।
७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ । दिउसो १ बजेबाट मत गणना हुने बताइएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



