कंगोमा इबोला प्रकोप: ३ हजार २ सय संक्रमित, १ हजार ४ सय जनाको मृत्यु

48
Shares

काठमाडौँ, ११ साउन । डीआर कंगोमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ ।

सरकारी तथ्यांकअनुसार हालसम्म ३ हजार २ सय जना संक्रमित भएका छन् भने १ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ ।

मे १५ मा घोषणा गरिएको यो प्रकोप बन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो ।

यस प्रजातिका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन ।

पछिल्लो १० दिनमै करिब १ हजार नयाँ संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अधिकांश संक्रमित उत्तरपूर्वी इटुरी प्रान्तमा छन् ।

यसबीच, अक्सफोर्ड विश्वविद्यालयले बन्डिबुग्यो प्रजातिविरुद्ध विकास गरिएको प्रयोगात्मक खोपको पहिलो चरणको मानव परीक्षण सुरु गरेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *