स्वास्थ्य बीमा गरी नबीकरण नगरेका बीमितलाई स्वास्थ्य बीमा बोर्डले दियो असोज मसान्तसम्मको अफर

80
Shares

काठमाडौँ, १२ भदौ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विगतमा स्वास्थ्य बीमा गरी नबीकरण नगरेका बीमित परिवारले असोज मसान्तसम्ममा स्वास्थ्य बीमा नवीकरण गरी सक्नु पर्ने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरी समयमै नवीकरण नगरेका बीमितहरुलाई असोज मसान्त पछि भने नबीकरण गर्दा जरिवाना गर्ने निर्णय गरेको छ । बोर्डले सूचना जारी गर्दै जरिवाना रकम योगदान रकमको चार गुणासम्म बढी हुने उल्लेख गरेको छ ।

सूचनामा विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्तसम्म (२०८२/०६/३१) नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ। बीमा नवीकरण गर्न ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै सकिनेछ,’भनिएको छ ।

तर उक्त म्यादपछि नवीकरण गर्दा भने बीमितले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। बोर्डले तोकेको विवरण यस्तो छ :

  • तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकममा १० प्रतिशत थप
  • छ महिनाभित्र नवीकरण गर्दा योगदान रकममा ३० प्रतिशत थप
  • एक वर्षभित्र नवीकरण गर्दा योगदान रकममा ५० प्रतिशत थप
  • एक वर्षपछि नवीकरण गर्दा योगदान रकममा १०० प्रतिशत थप
  • दुई वर्षपछि नवीकरण गर्दा योगदान रकमको तीन गुणा
  • तीन वर्षपछि नवीकरण गर्दा योगदान रकमको चार गुणा

बोर्डले बीमित परिवारलाई तोकिएको समयमा नै बीमा नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन आग्रह गरेको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *