स्वास्थ्य बीमा बोर्डका लागि ४०२ जना र विभिन्न तीन अस्पतालमा ५८३ जनाको अस्थायी दरबन्दी स्वीकृत
काठमाडौँ, २० बैशाख । स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न अस्थायी दरबन्दी थपिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका लागि ४०२ जना जनशक्ति थप्ने निर्णय गरेको छ ।
स्वीकृत प्रस्तावमा अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी माग गरिएको थियो ।
सेवा प्रदायकहरुको माग दावी थपिदै जाने र त्यसको मूल्यांकन गर्ने कर्मचारी अभाव हुँदा अस्पतालहरुको ठूलो रकम भुक्तानी हुन सकेको छैन । बोर्डले जनशक्ति अभावका कारण अहिलेसम्म गत साउन सम्मको दावीको मात्रै मूल्यांकन गर्न सकिएको जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आव भित्रै बाँकी दाबीमा मूल्यांकन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।
अस्पतालका लागि पनि थपिए जनशक्ति
बुधबारको मन्त्रिपरिषद् बैठकले तीन अस्पतालका लागि ५८३ जना जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री पौडेलका अनुसार बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९ जना, गेटा अस्पताल धनगढीमा १४१ जना र डडेलधुरा अस्पतालमा ३१३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।
यसले ती अस्पतालहरुले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिंदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरुमा सहजता आउने विश्वास गरिएको छ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]
H.A
Lab technician