आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

60
Shares

काठमाडौँ, १९ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि तय गरेको नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको दिउसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

राष्ट्रपतिको सम्वोधन हुने भएकोले सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन् ।

आगामी १५ जेठका दिन आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *