निर्वाह भत्ता प्रकरण माईतीघरमा आवासीय चिकित्सकको प्रदर्शन, स्वास्थ्य मन्त्रालय घेराउमा जाने तयारी

काठमाडाँै, ११ बैशाख । चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निर्धारण गरेको निर्वाह भत्ताको विषयमा आन्दोलनरत चिकित्सकहरुले यतिवेला माईतीघरमा प्रदर्शन गरेका छन् ।
उनीहरुले आज नजिकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्ने तयारी गरिरहेका छन् । तर प्रहरीले उनीहरुलाई त्यहाँ जान रोकिरहेको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले कि त मन्त्रालयमा धर्ना दिन जान देउ कित स्वास्थ्य मन्त्रीलाई यहाँ बार्ता गर्न बोलाउ भन्दै प्रहरीलाई अनुरोध गरिरहेका छन् ।
आवासीय चिकित्सकहरु भने मेडिकल सञ्चालक तथा सरकारविरुद्ध चर्का नारा लगाईरहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



