मस्कुलर डिस्ट्रोफी रोगको पहिचान उपचार, रोकथामसंगै पुनर्स्थापनाका लागि सुझाव दिन समिति गठन

64
Shares

काठमाडौँ, १२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवम् रोगमा परेकाहरुको पुनर्स्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार गर्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्राडा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरेका छन् ।

सो समितिमा त्रिवि शिक्षण अस्पतालका प्राडा रोहितकुमार पोखरेल, मस्कुलर डिस्ट्रोफी फाउण्डेसन नेपालका अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्राडा मिता शाह राना र मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य तोकिएका छन् । सो समितिको सदस्य सचिवमा मन्त्रालयका डा. पुष्पराज पौडेल तोकिएका छन् ।

मानिसको मांसपेशी कमजोर बनाउन कारक मानिने एक प्रकारको जटिल रोग हो । यसले मांसपेशी कमजोर बनाउँदै हिँडडुल तथा आवतजावतमै समस्या पार्ने आनुवंशिक रोगका बिरामीहरु बढी रहेको विज्ञहरुले बताउने गरेका छन् ।

नेपालमा हाल ८ सय यस्ता बिरामी प्रभावित भएको पाइएको छ । आनुवांशिकका अलावा अन्यमा समेत देखा पर्ने जटिल प्रकृतिको रोगको गर्भावस्थामा हुने आनुवंशिक परीक्षणमार्फत ९५ प्रतिशत बिरामी पत्ता लगाउन सकिने चिकित्सकहरु बताउँछन् ।

यो रोग भएका बालबालिका तथा परिवार अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्दछ ।

समितिलाई रोग रोकथाम तथा परिवार र स्वस्थ्यकर्मीलाई जानकारी दिन सचेतनामूलक कार्यक्रम तयार पार्ने तथा सामाजिक पुनर्स्थापना तथा आत्मनिर्भरताका लागि कार्यक्रम तयार पार्ने योजना मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *