त्रिवि आईओएमको रिक्त सहायक डीनमा डा सन्तकुमार दास नियुक्त

1.1k
Shares

काठमाडौँ, ७ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को रिक्त सहायक डीनमा सहप्राध्यापक डा सन्तकुमार दास नियुक्त भएका छन् ।

बिहीबार (आज) बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुने गरी डा दासलाई सहायक डीनमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा दास छाती रोग विशेषज्ञ हुन् । उनी यसअघि त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक समेत भएका थिए ।

यसअघि फागुनको अन्तिम साता सहायक डीनका लागि नाम सिफारिस समितिले कार्यकारी परिषद् समक्ष डा दास सहित सह प्राडा खेमबहादुर कार्की र सहप्राडा पलेस्वाँ जोशी लाखे गरी तीन जनाको नाम पठाएको थियो ।

त्यसअघि अन्तवार्तामा यी तीन सहित अरु दुई जना डा पवनराज चालिसे र डा विष्णुप्रसाद चौलागाईँ छनौट भएका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *