बागमती प्रदेश सरकारद्धारा बाढी पीडितको निशुल्क उपचार गर्ने घोषणा

0
Shares


काठमाडौं, ११ भदौ । भोटेकोशी त्रिशुली नदीमा आएको भिषण बाढीका सबै घाइतेको बागमती प्रदेश सरकारले निःशुल्क उपचार गर्ने भएको हो ।

बागमतीको सामाजिक विकास मन्त्रालयले भोटेकोशी बाढीबाट घाइते भएकाहरुको प्रदेशअन्तर्गतका प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीबाट प्रभावित तथा घाइते भएका नागरिकलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गरी निःशुल्क उपचार सेवा लिन समेत आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *