राष्ट्रिय ट्रमा सेन्टरको आयोजनामा टाउकोको चोटपटक सचेतना दिवस मनाईयो

176
Shares

काठमाडौँ, ७ चैत । टाउकोको चोटपटकको सचेतना दिवस–२०२५ को अवसरमा बिहीबार काठमाडौँमा प्रभातफेरी गरिएको छ । राष्ट्रिय ट्रमा सेन्टरको आयोजनामा भएको प्रभातफेरीमा चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता थियो ।

प्रभातफेरी ट्रमा सेन्टरबाट सुरु भएर रत्नपार्क शान्तिबाटिका, पुरानो बसपार्क, शहीदगेट, सुन्धारा हुँदै पुनः सेन्टर पुगेर टुङ्गिएको थियो ।

सेन्टरले प्रभातफेरी पछि सेन्टरमा औपचारिक कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले टाउकोमा लाग्ने चोटकपटकलाई न्यूनीकरण गर्न सकिने भन्दै व्यक्ति सचेत हुनुपर्ने र राज्यले पनि विशेष सचेतना एवम् नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

टाउकोको चोटपटकको सचेतना दिवस हरेक वर्ष मार्च २० मा मनाउने गरिन्छ ।

यसपटक नेपालमा ‘टाउकोको चोपटक रोकौँ, प्रभाव बुझौँ, जिम्मेवारी निभाऔँ’ भन्ने नाराकासाथ मनाइएको हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *