यस्तो देखियो एचपीभी खोप अभियानको पहिलो दिन (फोटो फिचर)

काठमाडौँ, २२ माघ । सरकारले आजबाट देशव्यापी रुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान प्रारम्भ गरेको छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान आउँदो ६ फागुनसम्म चल्ने छ ।
यो अभियानमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरी गरी कुल १६ लाख ८८ हजार ७६८ जनाले खोप पाउने छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको विशेष समारोहमा आज विहान बालुवाटारको शिवपुरी मावि पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको प्रारम्भ गरे । त्यसपछि यो अभियान देशभर सुरु भयो ।

हेर्नुहोस् खोप अभियानको पहिलो दिनको झलक :












नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



