गण्डकी प्रदेशको स्वास्थ्य सचिव बने डा. विश्वबन्धु बगाले

पोखरा, ८ माघ । गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी डा. विश्वबन्धु बगालेले प्राप्त गरेका छन्।
शुक्रबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले बरिष्ठ बालरोग विशेषज्ञ (११ औँ तहका) डा. बगालेलाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको हो ।
डा. बगाले दुई वर्ष अघि पनि गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनेका थिए । तर पछिल्लो दुई वर्ष उनी सरकारी कोटाबाट एमपीएच अध्ययन्का लागि अष्ट्रेलिया गएका थिए ।
‘यसअघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मेरो दरबन्दी गण्डकी प्रदेशमा पठाएको थियो । त्यसलाई गत शुक्रबारको बैठकले सचिवमा जिम्मेवारी तोक्ने निर्णय गर्यो । मैले (हिजो) सोमबारबाट नै सचिवको जिम्मेवारी सम्हालेको छु,’ उनले भने ।
डा. बगालेले यसअघि रत्ननगर र भरतपुर अस्पतालको मेसुका रुपमा जिम्मेवारी सम्हालीसकेका छन् ।
यसअघि गण्डकीको स्वास्थ्य सचिव डा. विनोद विन्दु शर्मा थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
