मोटरसाइकल दुर्घटनामा परी स्वास्थ्य केन्द्र प्रमुख चौधरीको निधन

148
Shares

काठमाडौँ, २६ मंसिर। कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरीको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–३ का ४० वर्षीय चौधरी धनगढीबाट हसुलियातर्फ जाँदै गर्दा उनले चलाएको सुपप्र ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लबमा पछाडिबाट ठोक्किएको थियो ।

धनगढी उपमहानगरपालिका–१४ बी गाउँका अन्दाजी ३५ वर्षीय सन्तोष सार्कीले चलाएको डल्लबमा मोटरसाइकल ठोक्किएर गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

डल्लबसहित चालक सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक चौधरी आधारभूत स्वास्थ्य केन्द्र मनाउँमा प्रमुखको रुपमा कार्यरत थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *