‘पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल’ को अध्यक्षमा दीपक थापा निर्वाचित

काठमाडौँ, २२ मंसिर । पोषणको क्षेत्रमा पैरवी गर्दै आएको ‘पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल’ (सिसान)को अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । सिसानको दोस्रो अधिवेशनले अध्यक्षमा थापालाई निर्वाचित गरेको हो ।
यसअघि सिसानको नेतृत्व प्राडा उमा कोइरालाले गर्दै आएकी थिईन् ।
अधिवेशनले सिसानको उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा नन्दराज अधिकारी र कोषाध्यक्षमा डा. ज्योति श्रेष्ठलाई निर्वाचित गरेको छ ।
सदस्यहरुमा सरोज ढुङ्गेल, रोशनी श्रेष्ठ, जनक थापा, सुदिप चिलुवाल, रिता गुरुङ र माधवी प्रधान निर्वाचित भएका छन् ।
यो सञ्जालले नेपालमा पोषणको क्षेत्रमा पैरवी गर्दै आइरहेको छ । य
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



