डेंगी संक्रमितको संख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु

44
Shares

काठमाडौँ, १३ कात्तिक । देशभर डेंगी सङ्क्रमितको सङ्ख्या २८ हजार नाघेको छ । गएको तीन दिनमा एक हजार ५९ जना डेंगीका बिरामी थपिनुका साथै एक जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार देशभर डेंगी सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुगेको छ । सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको छ ।

डेंगी सङ्क्रमण कास्की र काठमाडौँमा सबैभन्दा बढी डेंगी सङ्क्रमण पुष्टि भएको छ । कास्कीमा सात हजार १६१, काठमाडौँमा चार हजार ३१३, तनहुँमा दुई हजार २२६, पर्वतमा एक हजार ६७७, चितवनमा एक हजार ९९, बागलुङमा ९५५, गोरखामा ८२७, भक्तपुरमा ८२४, कैलालीमा ४३६ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा  डेंगी सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *