स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सार्वजनिक गरे १०० दिने उपलव्धी (पूर्ण विवरण सहित)

248
Shares

काठमाडौँ ८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १०० दिने उपलब्धी सार्वजनिक गरेका छन्। बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना उपलव्धी सार्वजनिक गरेका हुन् ।

उनले आफ्ना उपलव्धीलाई विभिन्न १६ बुँदामा बाँढेर त्यसको विस्तृत जानकारी दिने प्रयास गरेका छन् ।

उनले १०० दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन्।

यस्तै जनस्वास्थ्य समितिको क्रियाशिलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो, जलन उपचार निशुल्क, महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात सेवामा निशुल्क, राष्ट्रिय खेलाडीको निशुल्क स्वास्थ्य परीक्षण, सिंहदरबार बैद्यखानाको औषधि उत्पादन, औषधिको मूल्य समायोजनको तयारी, विकास साझेदारहरुसंगको सहकार्य लगायतका विषय समेटेका छन् ।

हेर्नुहोस उनले प्रस्तुत गरेको उपलव्धीहरु:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *