सिप्ला कम्पनीको जस्तै देखिने नक्कली औषधी नेपाली बजारमा, सचेत हुन विभागको आग्रह

280
Shares

काठमाडौं, १० असार । श्वासप्रस्वास सम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीले प्रयोग गर्ने औषधी नेपाली बजारमा नक्कली भेटिएको छ । औषधी व्यवस्था विभागले बजार अनुगमनका क्रममा प्रतिष्ठित कम्पनी सिप्लाको ब्रान्डसँग मिल्ने गरी नक्कली औषधी बिक्री वितरण भइरहेको फेला परेको हो ।

विभागले बुधबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै भारतीय औषधी उत्पादक कम्पनी ‘सिप्ला लिमिटेड’द्वारा उत्पादित ‘सेरोफ्लो रोटाक्याप्स’ को जस्तै नक्कली रूप बजारमा पाइएको पुष्टि गर्दै आम सर्वसाधारणलाई सचेत गराएको छ ।

विभागले सम्पूर्ण चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधी व्यवसायी तथा सर्वसाधारणलाई सजग रहन र सक्कली औषधी मात्र सिफारिस, बिक्री तथा प्रयोग गर्न आग्रह गरेको छ।

यस्तो छ विभागको सूचना:

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *