स्वास्थ्य मन्त्री निशा मेहतद्धारा रास्वपा केन्द्रीय सदस्यका लागि उम्मेद्धारी

काठमाडौँ, १० असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा निर्वाचित हुन उम्मेद्धारी दिएकी छन् ।
उनले कोशी प्रदेश अन्तरगर्त रहेर भूगोल क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेद्धारी दिएकी हुन् ।
रास्वपाले निर्वाचन तयारीमा अघि बढेपनि अहिले केही प्राविधिक तथा नीतिगत काम बाँही रहँदा मतदान प्रक्रिया सुरु भएको छैन ।
चितवनमा जारी महाधिवेशनले रवि लामिछानेको नेतृत्वलाई पक्का गरिसके पनि त्यस भित्रका पदाधिकारी तथा सदस्यहरुको टुंगो लाग्न बाँकी छन् । अहिले प्रकाशित भएको उम्मेदवारको प्रारम्भिक सूचीअनुसार बर्तमान सरकारका धेरै सदस्यहरुले पदाधिकारी तथा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनाल खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिएका छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी कर्णाली भूगोलतर्फ, शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेल केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

