यसरी गरियो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाका लागि छुट्याइएको आगामी आवको बजेट बाँडफाँड (विवरणसहित)

704
Shares

काठमाडौँ, ३ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि परेको बजेटको कार्यक्रम र शीर्षकगत विनियोजित बजेट पुस्तिका सार्वजनिक गरेको छ ।

पुस्तिकामा मन्त्रालयले आफूले सञ्चालन गर्ने कार्यक्रम सहित प्रदेश र स्थानीय तहमा सञ्चालन हुने सशर्त अनुदानतर्फको कार्यक्रमको समेत विवरण उल्लेख गरको छ ।

गत १५ जेठमा अर्थ मन्त्री डा स्वर्णिम वाग्लेले संसदमा कुल २१ खर्ब २४ अर्व ३४ करोड ४४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । पुस्तिकामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतको कुल बजेट ९३ अर्व ३७ करोड ७३ लाख रुपैयाँ अर्थात कुल बजेटको ४.५४ प्रतिशत रहेको छ ।

त्यसमा संघले आयोजना गर्ने कार्यक्रमका लागि ५५ अर्व ९२ करोड २६ लाख रुपैयाँ अर्थात ५८.०२ प्रतिशत राखिएको छ । यसमा प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरण भएर जाने समेत समेटिएको बताइएको छ ।

यस्तै प्रदेशका लागि ५ अर्व ६२ करोड ५१ लाख रुपैयाँ (५.८४ प्रतिशत) र स्थानीय तहका लागि ३४ अर्व, ८२ करोड ९६ लाख रुपैयाँ (३६.१४ प्रतिशत) छुट्याइएको छ ।

पुस्तिकामा स्वास्थ्यका संघ, प्रदेश र स्थानीय तहले गर्ने कार्यक्रम र त्यसका लागि विनियोजित बजेट विस्तृत रुपमा दिइएको छ ।

हेर्नुहोस विवरण

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *