दशैंको दिन विहानै हृदयघात भएका बिरामीको जब डा. राजेन्द्र कोजुको टिमले उपचार गर्यो

काठमाडौँ, २७ असोज । दशैंको टिकाकै दिन धुलिखेल अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजुले एक बिरामीको शल्यक्रिया गरेका छन् ।
एक जना पुरुष छातीको पीडाले छट्पटाएर आएका बेला डा. कोजुले धुलिखेल अस्पतालका अरु सहकर्मीको सहयोगमा आकस्मिक रुपमा शल्यक्रिया गरेका हुन् ।
शनिबार बिहान ती बिरामीलाई आफन्तले धुलिखेल अस्पतालमा पुर्याएका थिए। उनको हृदयाघात भएको थियो।
उपचार पछि डा. कोजुले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, छातीको पीडाले छट्पटाएका दाइको एन्जियोप्लास्टी गरेर पीडा हटाई दिन पाउनु जत्तिको खुसी के होला ?
डा. कोजुको नेतृत्वमा अस्पताल टिमले तुरुन्तै बन्द रक्तनली बेलुन र जाली (स्टेन्ट) को माध्यमबाट फुलाई उपचार गरेको थियो।
उपचार पछि डा. कोजुले एन्जीयोप्लास्टी र चिकित्सक टीमको तस्विर राख्दै भनेका छन्, ‘दशैंमा मीठो भयो भन्दैमा धेरै पनि नखानुस् है । हिँडेर पनि रमाइलो गर्न सकिन्छ।’
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 


Great work Dr Koju and team. This is what motivates doctors to work day and night when everyone else is busy enjoying .