देशभर १४ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि

0
Shares

काठमाडौँ, २१ असोज । देशभर १४ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार देशभर १४ हजार ९७५ जनामा संक्रमितका बिरामी देखा परेका हुन् । जसमध्ये २ हजार ६ सय ९८ जना डेंगी संक्रमित काठमाडौँ उपत्यकामा मात्रै रहेका छन्।

काठमाडौँमा १ हजार ९ सय ८६, भक्तपुर २ सय २३ र ललितपुर ४ सय ८९ जनामा डेंगी संक्रमण देखिएको छ। ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।

देशभर डेंगी संक्रमितमध्ये हालसम्म ७ जनाको मृत्यु भइसकेको ईडीसीडीले जनाएको छ ।

डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *