लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं, २७ भदौ । लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद डा. श्रेष्ठलाई आज प्रहरीले पोखरास्थित क्लिनिकबाट पक्राउ गरेको हो ।
श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुन् ।
डा. श्रेष्ठको क्लिनिकबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल बेचविखन हुने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएका छ ।
लागूऔषध ओसारपसार अभियोगमा पक्राउ गरेका एक युवाले श्रेष्ठको क्लिनिकबाट किनेको बयान दिएका थिए । सोही बयानका आधारमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



