खरिद गरेको औषधि वितरण नगरेको आरोपमा प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

296
Shares

काठमाडौँ, २५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिद गरेर वितरण नगरेको आरोपमा सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले आर्थिक वर्ष २०७४/७५ मा औषधि खरिदमा भ्रष्टाचार गरेको भन्दै प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा  मुद्दा दायर गरेको हो।

स्वास्थ्य चौकीका लागि निशुल्क वितरण हुने ५७ प्रकारका औषधि खरिद गर्दा भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविनै भुक्तानी दिएको आयोगले दाबी गरेको छ।

गाउँपालिकाले खरिद गरेको औषधि ६ लाख २० हजार बराबरको भएको अख्तियारले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *