बीएण्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन सर्बोच्चको आदेश

496
Shares

काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

सोमबार सर्बोच्चका न्यायाधीशद्धय डा.  कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको खण्डमा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

‘रिट निवेदनमा जे मागदावी थियो अहिले त्यहि आदेश भएको छ,’ सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने ।

निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । उनले विस्तृत जानकारी आदेशको सम्छिप्त वा पूर्ण पाठ पछि थाहा हुने बताए ।

बीएण्डसीले सम्वन्धन पाउन भन्दै विसं २०७७ असार २१ गते काठमाडौँ मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई रिट दायर गरेको थियो ।

बीएण्डसी दुर्गा प्रसाईँको कलेज हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *