‘संसारभर बाल मृत्युदर ऐतिहासिक रुपमा न्यून’

काठमाडौँ, १ चैत । त्यसो त अहिले पनि विश्वमा प्रतिवर्ष ४.९ मिलियन अर्थात ४९ लाख बालबालिकाहरुले आफ्नो पाँचौँ जन्मदिन मनाउन पाउँदैनन् । अहिले पनि हरेक ६ सेकेण्डमा एक जना बालबालिकाको मृत्यु हुने गरेको छ ।

तर, संयुक्त राष्ट्रसंघको बाल मृत्युदर अनुमानका लागि गठित एजेन्सी समूह (युएन आईजीएमई)ले बुधबार (हिजो) सार्वजनिक गरेको सन् २०२२ को अनुमानले बालबालिकाको मृत्युदर ऐतिहासिक रुपमा न्यून रहेको उल्लेख गरेको छ । विवरणका अनुसार सन् २०२२ पाँचौ बर्ष अघि मृत्यु हुने बालबालिकाको संख्या विश्वभर प्रतिवर्ष ४९ लाखमा झरेको उल्लेख छ । युनिसेफले सन् २००० को तुलनामा यो पाँच बर्ष नपुग्दै मृत्यु हुने बालबालिकाको संख्या ५१ प्रतिशतले कमि भएको बताएको छ ।

‘यसरी मृत्युदर कम हुनुको पछाडी आमाहरुलाई आफ्ना नवजात शिशुहरुलाई सुरक्षित रुपमा जन्माउन मद्धत गर्ने मिडवाइफरु र दक्ष स्वास्थ्यकर्मीहरु, घातक रोगहरुको विरुद्धका खोपहरु, पोषणसंगै घर तथा समुदायमा पुगेर स्वास्थ्यको निगरानी गर्ने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको कथाहरु छन,’ युनिसेफका कार्यकारी निर्देक क्याथरिन रसेलले भनिन् ।

उनले बच्चाहरुलाई कम खर्चमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवाहरु उपलव्ध गराउनका लागि व्यक्तिहरु, समुदायहरु र देशहरुले दशकौँ देखि गरेको जीवन बचाउने प्रयासको नतिजा देखिन थालेको टिप्पणी गरिन् ।

प्रतिवेदनले अहिले दुई दशक अघिको तुलनामा बालबालिकाहरु धेरै बाँचेका छन् । सन् २००० यता विश्वव्यापी रुपमा ८ बर्ष मुनिको मृत्युदर ५१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

अझ् न्युन तथा मध्यम आय भएका देशहरु घटेको बढी मात्राको मृत्युदरले प्रगति सम्भव छ भन्ने पनि पुष्टि गरेको विज्ञहरु बताउँछन् । युनिसेफले यसरी मृत्युदर घट्नुको पछाडी बाल स्वास्थ्य तथा बाल कल्याणसहित प्राथमिक स्वास्थ्य हेरचारमा लगानी बढाउनु भएको बताएको छ । उसले विभिन्न अनुसन्धानले कम्बोडिया, मलावी, मंगोलिया र रुवान्डाले सन् २००० यता ७५ प्रतिशतले ५ बर्ष कम उमेरका बालबालिकाहरुको मृत्युदर घटाएको उल्लेख गरेको छ ।

अध्ययनहरुले समुदायमा आधारित बाल जीवनरक्षा हस्तक्षेपहरु आवश्यक परेका देशहरुमा पुग्न सके त्यसले बाल मृत्युदर अझ घटाउने देखाएको छ । विशेषगरी नवजात शिशु मृत्यु, तीब्र श्वासप्रस्वास संक्रमण, पखला र मलेरियालाई नियन्त्रण गर्न बाल्यकालका रोगहरुको एकीकृत व्यवस्थापन आवश्यक रहेको छ ।

डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोभ गेब्रेयससले बालमृत्युदरमा उल्लेखनीय प्रगति हासिल भएपनि प्रत्येक वर्ष लाखौँ बालबालिकार परिवारले हृदयविदारक पीडा भोग्नु परेको,   प्रत्येक महिला र बालबालिकाको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुधार गर्न जरुरी रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *