कान्तिपुर डेन्टल कलेजलाई उत्कृष्ट डेन्टल कलेजको उपाधि

1.5k
Shares

काठमाडौँ, ७ फागुन । काठमाडौँको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलले उत्कृष्ट डेन्टल कलेजको उपाधि प्राप्त गरेको छ।

दन्तचिकित्सा, अनुसन्धान र प्रवर्धनमा क्रियाशिल अन्तराष्ट्रिय संस्था साइनोडेन्टले राजधानीमा सम्पन्न दशौं अन्तराष्ट्रिय डेन्टल कन्फ्रेन्सका अवसरमा कान्तिपुरलाई उपाधिबाट सम्मान गरेको हो।

सो अवसरमा साइनोडेन्टकी सिइओसमेत रहेकी इण्डियन सोसाईटी अफ डेन्टिस्ट्रीकी अध्यक्ष डा.अनमोल बगरियाले अत्याधुनिक प्रविधिसहित कलेज एवं अस्पतालले नेपालमा दन्तचिकित्साको प्रवर्धन र विकासमा ठूलो भूमिका खेलेको उल्लेख गरिन्।

संस्थाले विश्वका विभिन्न देशमा दन्त चिकित्सा सेवा एवं शिक्षामा योगदान गर्ने संस्थाहरुलाई अवार्ड प्रदान गर्ने गरेको छ।

कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कलेजले प्राप्त गरेको अवार्ड दन्त चिकित्साको शिक्षा र सेवामा आफ्नो संस्थाले गरेको मेहेनतको कदर र थप हौसलाका रुपमा बुझेको प्रतिक्रिया दिए।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालको आयोजनामा राजधानीमा दुईदिने राष्ट्रिय सम्मेलन एवं साइनोडेन्टको दशौं अन्तराष्ट्रिय सम्मेलनका क्रममा देशविदेशका सयौं चिकित्सक, पेशाकर्मी र विद्यार्थीहरु सहभागी भएका थिए।

सम्मेलनमा दन्त चिकित्सा, प्रविधि र अनुसन्धानका विषयमा विभिन्न सत्रको आयोजना गरियो । सम्मेलनको अन्तिमदिन शनिवार विभिन्न सांस्कृतिक कार्यक्रम, पोस्टर प्रदर्शनी, अवार्ड वितरण लगायतका कार्यक्रम गरिएको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *