बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पुष्टि

लण्डन,  २३ माघ । बेलायतका  राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको छ । बकिङ्गम दरबारले विज्ञप्ती जारी गर्दै राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पुष्टि गरेको छ ।

उनको प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको हो । यद्धपी यो प्रोस्टेट क्यान्सर नभएको बीबीसीले जनाइएको छ।

क्यान्सरको प्रकार खुलाइएको छैन। तर दरबारले प्रकाशित गरेको वक्तव्यअनुसार राजाले सोमवारबाट ‘नियमित उपचार’ थालेका छन्।

७५ वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन्।

उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्ने छन्।

राजा ‘पूर्ण सकारात्मक’

तर बकिङ्गम दरबारले राजा ‘आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको’ जनाएको छ।

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्व भने निर्वाह गरिरहने छन्।

आइतवार उनलाई स्यान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थानासभामा देखिएको थियो। त्यहाँ उनले मानिसहरूतिर हेरेर हात हल्लाएका थिए।

उनले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रोस्टेटको उपचार गराएका थिए।

प्रोस्टेट क्यान्सर होइन

राजाले आफ्नो प्रस्टेट उपचारलाई सार्वजनिक गर्ने निर्णय अरू मानिसहरूलाई पनि प्रोस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले लिएको बताइएको छ।

उनले आफू यसबारे चेतना जगाउन पाउँदा प्रसन्न भएको बताइरहँदा ब्रिटेनको स्वास्थ्य संस्था एनएचएसको वेबसाइटका अनुसार प्रोस्टेटसँग सम्बन्धित समस्यामा वृद्धि भएको देखिएको छ।

यो प्रोस्टेट क्यान्सर नभएको बुझिएको छ तर प्रोस्टेट बढेको उपचार गराउने क्रममा पत्ता लागेको हो।

राजा चार्ल्सको उपचार जारी रहने छ।

क्यान्सर प्रारम्भिक चरणमा नै हुँदा पत्ता लागेको विश्वास गरिएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *