कर्णालीका डाक्टर गुप्तालाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ, १२ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एमडीजीपी डा तुलाकृष्ण गुप्ताले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

गत ८-९ नोभेम्बरमा भएको जनरल प्राक्टिसनर तथा फेमिली मेडिसिनको अन्तर्राष्ट्रिय सम्मेलनमा डा. गुप्ताले ‘ डा. प्याट्रिक चेगे मेमोरियल रिसर्च अवार्ड-२०२३’ प्राप्त गरेका हुन् ।

हिमाली क्षेत्रमा हुने छाला रोगबारे उनगरेको अनुसन्धान सर्बोत्कृष्ट भएको थियो ।

क्यानडाको बेस रोउर सेन्टर फर ग्लोबल मेडिसिनको आयोजनामा भएको वर्ल्डवाइड कन्फ्रेरेन्समा प्रस्तुत गरिएका सयौं अनुसन्धानहरु मध्येमा डा. गुप्ताको अनुसन्धान पहिलो भएको हो ।

‘उच्च हिमाली भेगका छाला रोगको प्रकार र जिपीले त्यसमा खेल्न सक्ने भूमिकामाथिको मेरो अनुसन्धान पहिलो भयो,’ उनले भने, ‘यसबाट खुशी लागेको छ ।’

सप्तरीका डा. गुप्ताको अवार्ड पहिलो भएसँगै उनी सन् २०२४ मा क्यानाडामै गएर उक्त रिसर्च ओरल प्रिजेन्टेसन दिन पाउनेछन् ।

डा गुप्ता पछिल्लो चार वर्ष देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेका छन् ।

उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडीजीपी गरेका हुन् ।

डा. गुप्ताले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट ग्लोबल हेल्थ र ग्लोबल मेन्टल हेल्थ गरी दुई विषयमा फेलोसीप गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *