प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

68
Shares

काठमाडौं, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको साइडलाइनमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ता बिहीबार अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको थियो । “भेटमा नेपाल र विश्व स्वास्थ्य संगठनबीचमा हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको छ,” प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *