स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुखमा अस्मिता ओझा
काठमाडौँ, २ असोज । स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुखको जिम्मेवारी अस्मिता ओझाले पाएकी छन् । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै भक्तपुरमा ओझालाई कार्यालय प्रमुख बनाएको हो । भक्तपुरमा सातौँ /आठौँ तहको स्वास्थ्यकर्मी कार्यालय प्रमुख हुने व्यवस्था छ । उनी आठौँ तहकी कर्मचारी हुन् ।
यसअघि त्यहाँ प्रमुख रहेका कृष्ण मिजार नवौँ तहमा बढुवा भई अन्यत्र सरुवा भएपछि रिक्त रहेको ठाउँमा ओझालाई पठाइएको बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले बताए ।
प्रदेशले यसपटक भक्तपुर अस्पताल र धादिङ अस्पतालको प्रमुख पनि परिवर्तन गरेको छ । भक्तपुर अस्पतालको नेतृृत्व गर्न डा त्रिभुवन चन्द्र झा आउँदा धादिङ अस्पतालमा डा सुरेन्द्रप्रसाद भट्टलाई निमित्त मेसुको जिम्मेवारी दिईएको छ ।