धादिङ अस्पतालको निमित्त प्रमुख मेसु बने डा. सुरेन्द्र भट्ट
काठमाडौँ, २ असोज । बागमती प्रदेश सरकारले धादिङ अस्पतालको मेडिकल सुपरिटेन्डन्ट परिवर्तन गरेको छ । प्रदेश मुख्यमन्त्री कार्यालयले धादिङ अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा सुरेन्द्र भट्टलाई निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको रुपमा नेतृत्व गर्न धादिङ पठाएको छ । उनी नवौँ तहका चिकित्सक हुन् ।
दरबन्दी धादिङ अस्पतालमा रहे पनि उनी केही समय देखि काजको रुपमा बकुलहर अस्पताल रत्ननगर चितवनमा काम गर्दै आएका थिए । धादिङमा मेडिकल अधिकृत रुद्र भण्डारीले निमित्तको रुपमा अस्पतालको नेतृत्व लिईरहेका थिए ।
त्यसो बागमती प्रदेशका पाँचवटा अस्पतालहरुमा अस्पतालमा नेतृत्व गर्न एघारौँ तहको दरबन्दी राखिएको छ । धादिङ, हेटौँडा, सिन्धुली, भक्तपुर र त्रिशुली अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट हुनका लागि एघारौँ तहका चिकित्सक चाहिन्छ ।
तर, अहिले यी सबै अस्पतालमा एघारौँ तहका चिकित्सकहरु छैनन् ।