नक्कली डाक्टर प्रकरण : डाक्टर पुनम थापा पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो

काठमाडौँ, २६ साउन । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले डाक्टर पुनम थापा चौधरीलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले डाक्टर थापा चौधरीलाई पक्राउ भक्तपुरबाट गरेको हो । यो संगै अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा पक्राउ हुनेको संख्या ८ पुगेको छ ।
आज पक्राउ पर्नेमा सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी रहेको जनाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




