नक्कली प्रमाणपत्र भएको आरोपमा मोरङबाट थप एक जना डाक्टर पक्राउ

काठमाडौँ, २६ साउन । मोरङबाट थप एक जना ‘नक्कली प्रमाणपत्रधारी डाक्टर’ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो।
मोरङमा क्लिनिक चलाएर बसेका मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो। उनको प्लस टुको नेपालको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कथित नक्कली डाक्टर माथि चलाएको अपरेसनमा पक्राउ पर्नेहरुको संख्या अहिलेसम्म एक सांसदसहित ७ पुगेको छ।
‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मा पक्राउ परेका थिए । बेलुकासम्म अरु पाँच जना थपिए ।
चाइनबाट एमबीबीएस पास गरेकी श्रद्धा सिल्पाकारको प्लस टू प्रमाणपत्र नक्कली भएको अभियोगमा पक्राउ गरेको थियो । उनी धापासीस्थित ईशान अस्पताल पछिल्लो केही साता देखि काम गर्न थालेकी थिईन ।
त्यसअघि नै सीआईबीले त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई पक्राउ गरेको थियो । बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डा रामबाबु यादव, रञ्जीतकुमार यादव र एरिना यादव रहेका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



