नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७९ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २१ साउन । नेपाल नर्सिङ काउन्सिलले गत २३ असारमा लिएको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । काउन्सिलको आज विहान बसेको परीक्षा समितिको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक सदस्यका अनुसार परीक्षामा पीसीएल नर्सिङ तर्फ ७८.७६ प्रतिशत उत्तीर्ण भएका छन्, यस्तै वीएमएस तर्फ ९३ प्रतिशत र बीएस्सी नर्सिङ तर्फ ७९.६ प्रतिशत उत्तीर्ण भएका छन् ।
परीक्षामा मर्यादाविपरित कार्य गर्ने ७ जनालाई निस्कासन सहित १२ जना माथी कारवाही भएको छ ।
यसपटकको परीक्षामा कुल ६ हजार १० जना परीक्षार्थी सहभागी थिए ।
नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




