भद्रगोल हुँदै गएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी सञ्चालनका लागि पाल्पामा सर्वपक्षीय बैठक, गर्‍यो पाँच बुँदे निर्णय

पाल्पा १५ साउन । जिल्लामा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम भद्रगोल उन्मुख भएपछि आज पाल्पाका राजनीतिक दल तथा प्रमुख सरोकारवाला पक्षबीच सुधारका लागि सर्वपक्षीय बैठक बसेको छ ।

जिल्ला समान्वय समितिका सभापति टंकनाथ खनालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी सञ्चालन गर्नका लाग पाँच बुँदे निर्णय गरेको छ ।

निर्णयमा २१ साउन देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको मिसन अस्पताललाई निर्णयमा पुनर्बिचार गरी सेवालाई निरन्तरता दिन अनुरोध गर्ने, लुम्बिनी मेडिकल कलेजमा गत वर्ष देखि स्थगित स्वास्थ्य बीमा कार्यक्रम पुर्न सञ्चालनका लागि बीमा बोर्ड र सरकारसंग अनुरोध गर्ने, जिल्ला अस्पताल तानसेन र रामपुरमा विशेषज्ञ सेवा सञ्चालनका लागि केन्द्र र प्रदेश सरकारसंग थप सहयोगका लागि अनुरोध गर्ने, स्वास्थ्य बीमाको अपरेटिङ कष्टलाई समयानुकुल बनाउन तथा बक्यौता रकम तत्काल उपलव्धताका लागि वीमा बोर्ड र केन्द्रसरकारलाई अनुरोध गर्ने लगायतका निर्णय छन् ।

बैठकमा सबै राजनीतिक दलका प्रमुख, स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेश सांसदहरु, मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पतालका प्रतिनिधि, स्थानीय प्रशासन समेतको सहभागिता थियो ।

आजै उता काठमाडौँमा भद्रगोल हुँदै गएको जिल्लाको स्वास्थ्य बीमा कार्यक्रमबारेमा जिल्लाका जनप्रतिनिधिको टोलीले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

सो टोलीमा प्रतिनिधि सभाका सदस्य ठाकुर गैरे र नारायणप्रसाद आचार्य, प्रदेश सभा सदस्य बीरबहादुर राना, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपाने लगायत थिए ।

सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य उपचार र स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधानका लागि पहल गर्ने बताएका थिए ।

यस्तो छ सर्वपक्षीय बैठकले गरेको निर्णय:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *