विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षामा जम्मा ४८ प्रतिशत पास

396
Shares

काठमाडौँ, १२ साउन । विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा जम्मा ४८ प्रतिशत पास भएका छन् । नेपाल मेडिकल काउन्सिलले आज लिएको परीक्षामा ५२ प्रतिशत डाक्टर फेल भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा दिनका लागि कुल २१२ जनाले फारम भरेका थिए । आजको परीक्षामा भने कुल २०९ जनाले मात्रै सहभागिता जनाएका थिए ।

त्यसमध्ये पास संख्या १०१ अर्थात ४८.३३ प्रतिशत रहेको छ । परीक्षा दिएकामध्ये १०३ जना अर्थात ५१.६७ प्रतिशत डाक्टर फेल भएका छन् ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ संस्थानको हलमा भएको परीक्षा आज दिउसो २ देखि ४ बजेसम्म चलेको थियो । परीक्षामा विभिन्न ३४ विषयका विशेषज्ञ डाक्टरहरुले सहभागी थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *