केयुको स्कूल अफ मेडिकल साइन्सेजको डीन पदमा प्राडा मनोज हुमागाईं नियुक्त

192
Shares

काठमाडौँ, ९ साउन । काठमाडौं विश्वविद्यालय (केयु)ले स्कूल अफ मेडिकल साइन्सेजको डीन पदमा प्राडा मनोज हुमागाईंलाई नियुक्त गरेको छ । केयुले मंगलबार उनलाई डीनमा नियुक्त गरको हो ।

यसअघि डा राजेन्द्र कोजु डीन थिए। यस विभागमा उनले दुई कार्यकाल डीनका रुपमा जिम्मेवारी पुरा गरे । डा कोजुको कार्यकाल सोमबारबाट सकिएको थियो । केयूमा दुई पटकभन्दा बढी एकै व्यक्ति डीन हुन नपाउने व्यवस्था रहेको छ।

उनको कार्यकाल सकिएपछि रिक्त पदमा प्राडा हुमागाईँ नियुक्त भएका हुन् । नवनियुक्त डा हुमागाईं यसअघि सोही विभागको एसोसिएट डीन थिए।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *