४ जना एघारौँ तहका सहित कुल २८१ जना स्वास्थ्यकर्मीहरुले पाउँदैछन् चालु आवमा अनिवार्य अवकाश

काठमाडौँ, ५ साउन । चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यका २८१ जना कर्मचारीहरुले अनिवार्य अवकास लिने भएका छन् । निजामती कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय निजामति कितावखानाले अवकाश हुने २ हजार २६१ जना कर्मचारीहरुको विवरण सार्वजनिक गर्दा स्वास्थ्य सेवा तर्फका २८१ जना परेका हुन् ।
कितावखानाका अनुसार चालु आर्थिक वर्षमा ४ जना एघारौँ तहका चिकित्सकले अवकाश पाउँदैछन् । यस्तै ७ जना दशौँ तहका कर्मचारी रहेका छन् । यस्तै सातौँ, छैटौँ, पाँचौँ र चौथो तहका कर्मचारी पनि ठूलो संख्यामा अवकाश पाउने भएका छन् ।
हेरौँ आगामी असार मसान्तसम्म अवकाश पाउने स्वास्थ्यकर्मीहरुको नाम सूची:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




