प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालको श्रीमती सीता दाहालको निधन भएको छ । नर्भिक अस्पतालमा उपचार गराईरहेकी उनको आज विहान निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार आज विहान ८ : ३३ बजे उनको निधन भएको हो ।
अस्पतालले केहीबेरमा पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने तयारी गरेको छ ।
स्वास्थ्य अवस्था विग्रदै गएपछि उनलाई आज विहानै नर्भिक पुर्याइएको थियो ।
६९ वर्षीया दाहाल लामो समय देखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित थिईन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




