अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा पुकार चन्द्र श्रेष्ठ नियुक्त, अरु तीन जना सदस्य पनि मनोनित

204
Shares

काठमाडौँ, २६ असार । सरकारले अंग प्रत्यारोपण समितिको अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठसहित तीन जना सदस्य नियुक्त गरेको हो।

मन्त्रिपरिषदले अध्यक्षमा डा श्रेष्ठ र सदस्यहरुमा डा महेश सिग्देल, डा प्रवीणविक्रम थापा र डा महेश अधिकारीलाई नियुक्त गरेको हो ।
अध्यक्षमा नियुक्त श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हुन् ।

सदस्यहरुमध्ये डा सिग्देल त्रिवि शिक्षण अस्पताल, डा थापा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र डा अधिकारी नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् ।

उनीहरुको पदावधी दुई वर्षको रहेको छ ।

यसअघि अध्यक्षमा प्राडा दिव्यासिंह शाह थिईन् । उनको २४ कात्तिकमा पदावधी सकिएपनि नयाँ नियुक्त हुन नसक्दा प्रत्यारोपणका कतिपय नीतिगत कामहरु गर्न अफ्टेरो भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *