मनाङ एयरको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

304
Shares

काठमाडौँ, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको ९-एनए एमभी कलसाइन भएको मनाङ एयरको हेलिकप्टर  दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ५ जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरमा सवार ६ जनामध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । भने एक जनाको अवस्था अझै अज्ञात रहेको छ ।

मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । भने ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । थप विवरण आउन बाँकी रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *