स्वदेशी औषधि उत्पादकलाई स्वास्थ्य मन्त्री बस्नेतको सुझाव, ‘पहिले गुणस्तरमा जोड दिनु’

काठमाडौँ, २५ असार । ‘गगन थापा स्वास्थ्य मन्त्री हुँदा ३२ प्रकारका औषधि आयातमा प्रतिवन्ध लगाउने निर्णय गरिएको थियो । यसको उदेश्य स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्न भनिएको थियो तर अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेन ? यहाँले यसबारेमा के सोच्नु भएको छ ? स्वदेशी उद्योगलाई आत्मनिर्भर गराउनु पर्दैन ? राज्यको दायित्व होईन् ?’  सोमबार स्वास्थ्य मन्त्री मोहन बस्नेतले गरेको पत्रकार सम्मेलनमा एक जना सञ्चारकर्मीले प्रश्न तेर्स्याएका थिए ।

तर, जवाफमा भने मन्त्री बस्नेतले स्वदेशी औषधि उद्योगको उत्पादन र गुणस्तरमै पूर्ण विश्वस्त हुन नसकेको आशय व्यक्त गरे । ‘स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु पर्छ भन्ने त सरकारको नीति हो नि तर औषधि आयात बन्द गरेर स्वदेशी उद्योगले गुणस्तरीय र विश्वसनीय औषधि दिन सक्छ ?,’ उनले अगाडी थपे, ‘यदि सक्छ भने त्यो राज्यले गर्दै जान्छ । तर अहिल्यै यसमा हतार गर्नु हुँदैन ।’

उनले स्वदेशी उद्योगलाई गुणस्तरमा ध्यान दिएर विश्वास आर्जन गर्न समेत सुझाव दिए ।

‘विसं २०६४ साल देखि स्वदेशी कम्पनीले उत्पादन गरेका औषधिको मूल्य नबढेको देखिएको छ, सरकारले यस विषयमा के तयारी गरेको छ ?’ भन्ने अर्को प्रश्नमा पनि मन्त्री पन्छिए, ‘यो विषय यत्तिकै हुने विषय होईन्, हामीले अध्ययन् गर्दैछौँ बुझ्दै छौँ । बरु उनले स्वदेशी उद्योगीहरुले चर्को नाफा लिने गरेको धारणा राखे, अस्तिनै एउटा कार्यक्रममा गएको, औषधि उद्योगीहरुले ६ अर्बमा कच्चा पदार्थ ल्याएर ३० अर्बमा बेच्ने गरेका छौँ भन्नु भयो, यसैले मूल्य बढाउने कुरा अहिले हुन सक्दैन । ‘

केही साता अघि स्वास्थ्य पत्रकार मञ्च नेपालले गरेको स्वदेशी औषधि उद्योगको अवस्था र आत्मनिभरता विषयक कार्यक्रममा एक जना उद्योगीले स्वदेशी उद्योगको प्रवद्र्धनका लागि र उद्योग खुल्ने र चल्ने बातावरण हुँदा कति फाइदा हुन्छ भन्ने प्रशंगमा सो शव्द ल्याएका थिए ।

प्रस्तुतिशैलीमा समस्या हुँदा मन्त्रीको बुझाई त्यस बेला देखि नै फरक परेको थियो ।

सोमबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री बस्नेतले पदवहाली गरे यताको आफूले गरेका महत्वपूर्ण कामहरुको फेहरिस्त प्रस्तुत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *