स्वास्थ्य मन्त्री बस्नेतले सार्वजनिक गरे मन्त्री भएपछिको कार्यविवरण

268
Shares

काठमाडौँ, २५ असार ।  स्वास्थ्य मन्त्री मोहन बस्नेतले आज पुन: पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनले स्वास्थ्य मन्त्री भए देखि अहिलेसम्म गरेका कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।

उनले प्रस्तुत गरेको फेहरिस्तमा उल्लेखित विवरणहरु उनको सचिवालयमार्फत दैनिक समाचारका रुपमा प्रस्तुत भइसकेको विषय हुन् । तर, उनले गरेका कामहरुको कम्पाइल रिपोर्ट त सार्वजनिक गर्नु परयो नि भन्दै सोमबार पत्रकार सम्मेलन गरेका हुन् ।

लिखित विवरण सहित प्रस्तुत भएका मन्त्री बस्नेतले अस्पतालहरुमा निशुल्क शैया उपलव्ध गराउने देखि मन्त्रालयको परिसरमा कालोपत्रे र गार्डेनलाई व्यवस्थित गरी स्वच्छ तथा सफा बनाइएको लगायतका विषयलाई आफ्ना उपलव्धीमा राखेका छन् ।

यस्तै ग्लोबल फण्डको पीआर स्वास्थ्य मन्त्रालय हुने, ४० प्रतिशतले बजेट सिलिङ घटाएको बेला लबिङ गरेर केही अर्व बजेट बढाउने विषय पनि उनका उपलव्धीहरुको सुचीमा समावेश छन् ।

यस्तै एचपीभी खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गर्ने वीर अस्पतालमा विहान ८ दलेखि ओपिडी सञ्चालन हुने विषय पनि उनको प्रगति विवरणमा समावेश छ ।

हेर्नुहोस् उनले मन्त्री भए यता स्वास्थ्यमा गरेका मुख्य कार्यहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *