कोशी अस्पतालको मेसुमा डा. चन्द्रभाल झा नियुक्त

2.9k
Shares

काठमाडौँ, १८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट परिवर्तन गरेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ अस्पतालको नयाँ मेसुको रुपमा डा चन्द्रभाल झालाई नियुक्त गरेका छन् ।

कोशीमा गत १ फागुनमा डा रविनमान सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिइएको थियो ।

मन्त्री बस्नेतले डा सिंहलाई आफ्नै पुरानो जिम्मेवारीमा फर्काउँदै डा झालाई मेसुमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *