औषधि व्यवस्था विभागमा सरुवा : बरिष्ठ औषधि व्यवस्थापकद्धय क्षेत्री र केसी फरक फरक विभागमा

काठमाडौँ, १७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फार्मेसी समूहका दुई बरिष्ठ अधिकारीहरुको सरुवा गरेको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार औषधि व्यवस्था विभागका प्रवक्ता समेत रहेका बरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीलाई बनस्पति विभागमा सरुवा गरिएको छ ।
उनको ठाँउमा राष्ट्रिय औषधि प्रयोगशालामा कार्यरत रहेका बरिष्ठ औषधि व्यवस्थापक पान बहादुर क्षेत्रीलाई ल्याइएको छ । मन्त्रालयले स्वास्थ्य सचिवस्तरीय निर्णय गर्दै यी दुई अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




