दोधारा चाँदनी अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसूति

100
Shares

काठमाडौँ, १५ असार । दोधारा चाँदनी अस्पतालमा शल्यक्रियाबाट प्रसूति गराउने सेवा सुरु भएको छ । अस्पतालमा मंगलबार पहिलो पटक शल्यक्रियाबाट एक महिलाले शिशु जन्माएकी छिन् ।

अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट सन्तान जन्माउने महिला दोधारा चाँदनी नगरपालिका ६ की २० वर्षीया सुनिता सुनार हुन् । सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी उनको प्रसूतिमा जटिलता देखिएपछि शल्यक्रिया गरिएको डा पवनकुमार साहले जानकारी दिए ।

साहका अनुसार शल्यक्रियामा उनीसहित डा मोहम्मद आशिक मन्सुर, डा जयनन्दन साह, एनेस्थेसियामा कमल जोशी र नर्सहरु दीपा श्रेष्ठ र सबिना पुरकुटीको टोली थियो । शल्यक्रियापछि शिशु र आमा दुवैको स्वास्थ्य सामान्य रहेको उनले जानकारी दिए ।

नगरपालिका र स्वास्थ्य सेवा विभागको सहकार्यमा शल्यक्रिया सेवा सुरु भएको हो । नगर प्रमुख किशोर लिम्बुले यसै साता शल्यक्रिया कक्षको उद्घाटन गरेका थिए ।

अस्पातालमा एक जना एमडिजीपी र तीन जना मेडिकल अधिकृत कार्यरत छन् । यसैगरी प्रसूति शल्यक्रियाका लागि तालिमप्राप्त जनशक्ति तयार गरिएको अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *