५० शय्याको जाजरकोट जिल्ला अस्पताल हस्तान्तरण

100
Shares

जाजरकोट, १२ असार । पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई  हस्तान्तरण गरेको हो ।

विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण पूरा गर्ने सहमति रहेको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिए ।

भवनको अभावमा विभिन्न उपकरण प्रयोगमा आउन नसकेकामा अब जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने उनले बताए।

रु ३१ करोड ५६ लाख ७७ हजार चार सय ६२ मा भवन निर्माण सम्पन्न भएको जनाइएको छ । अध्यक्ष सिंहले तोकिएको समयभित्र निर्माण पूरा भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज भएकोे बताए । जिल्ला अस्पताल निर्माणसँगै यहाँबाट प्रवाह हुने सेवा सुविधासमेत सुधार हुनुपर्ने आम नागरिकको माग छ ।

सामान्य समस्या आउँदा पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नुपर्ने बारेकोट–५ का मोहनजङ्ग शाहीले बताए । भवन निर्माण समयमै पूरा गरेकामा निर्माण व्यवसायीलाई अस्पताल विकास समितिका अध्यक्ष सिंहले धन्यवाद दिएको छ ।

अस्पतालले जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारणलाई सेवा पुग्ने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *