कोशीको स्वास्थ्य मन्त्रालयद्धारा मेन्छ्यायेम अस्पताललाई सुविधायुक्त एम्बुलेन्स हस्तान्तरण

बिराटनगर, १२ असार । कोशी प्रदेश सरकारले तेह्रथुमस्थित मेन्छ्यायेम गाउँपालिकामा रहेको मेन्छ्यायेम अस्पताललाई सुविधायुक्त एम्बुलेन्स उपलव्ध गराएको छ ।
सोमबार कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेश प्रमुखका प्रमुख परशुराम खापुङको स्वकीय सचिव अमृत खापुङलाई चावी तथा कागजपत्र हस्तान्तरण गरेका थिए । सो एम्बुलेन्सका लागि प्रदेश प्रमुख खापुङले चासो राखेका थिए ।
अस्पतालले एम्बुलेन्स पाएपछि गाउँमा धेरै बिरामीलाई राहत हुन सक्ने, मेन्छ्यायेम गाउँपालिकामा मात्र नभई छिमेकी पालिका र छिमेकी जिल्लालाई समेत सहयोग पुग्ने मन्त्री मेन्याङ्बोले बताए ।
हस्तान्तरण कार्यक्रममा प्रदेशका स्वास्थ्य सचिव डा. सुधा देवकोटाले मन्त्रालयको आवश्यकताको आधारमा एम्बुलेन्सको व्यवस्थापन गरिदिएको बताईन् । ‘माग भएर आयो, मन्त्रालयले खोजेर उपलब्ध गरायौँ,’ उनले भनिन् ।
कार्यक्रममा तेह्रथुम ‘ख’ का प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालको पनि उपस्थिति रहेको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

