एनपीएको प्रादेशिक कार्यसमिति र डिप्लोमा फोरमको निर्वाचन जारी

काठमाडौँ, ९ असार । नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)को प्रादेशिक कार्यसमितिको निर्वाचन आज देशका सातवटै प्रदेशमा भइरहेको छ ।
यस्तै फार्मेसी असिस्टेन्ट फोरम (केन्द्रीय डिप्लोमा फोरम)को कार्यकारी समितिको छनौटका लागि समेत निर्वाचन आजै भइरहेको छ ।
एनपीएका प्रचार सचिव अनिश श्रेष्ठका अनुसार निर्वाचन विहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।
प्रदेश तहका केहि पदहरुमा उम्मेद्धार निर्विरोध निर्वाचित भइसकेको र निर्विरोध हुन नसकेका बाँकी पदहरुमा निर्वाचन भइरहेको हो ।
एनपीएको केन्द्रीय कार्यकारी समितिको गत ३० बैशाखमा बसेको बैठकले प्रादेशिक समिति र डिप्लोमा फोरमको निर्वाचन गर्ने निर्णय गरेको थियो ।
एनपीएमा हाल ३ हजार बढी सदस्य रहेका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

